सरकार ढाल्न पाइँदैन भन्दै प्रधानमन्त्री ओलीको समर्थनमा माइतीघरमा प्रदर्शन Nepalpatra सरकार ढाल्न पाइँदैन भन्दै प्रधानमन्त्री ओलीको समर्थनमा माइतीघरमा प्रदर्शन
७ बैशाख २०७८, मंगलबार

सरकार ढाल्न पाइँदैन भन्दै प्रधानमन्त्री ओलीको समर्थनमा माइतीघरमा प्रदर्शन


सरकार ढाल्न पाइँदैन भन्दै प्रधानमन्त्री ओलीको समर्थनमा माइतीघरमा प्रदर्शन

काठमाडौँ, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै ओलीको समर्थनमा युवाहरुको एक समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचा विपरीत सरकार ढाल्ने खेल भएको भन्दै उनीहरुले बिहीबार मध्यान्ह प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका थिए । जय महाकाल युवा समूहको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागी युवाहरुले ‘जय महाकाल’ लेखिएको टिसर्ट लगाएका थिए ।

समूहका अध्यक्ष लिलानाथ भण्डारी अर्जुनले प्रधामन्त्रीका केही कमीकमजोरी भए त्यसलाई सुधारेर जानुपर्ने तर पदबाट हटाउन नहुने बताए । देश कोरोना महामारीविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने उनीहरुको भनाइ छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक सडकमा उत्रिएका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् ।

‘केपी ओली ढाल्न पाउँदैनौं, देश बेच्न पाउँदैनौं’ भन्दै स्वतन्त्र ओली निकट युुवाहरुले भारत निर्देशनमा राजनीति नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् । प्रधानमन्त्री ओली नेतृत्वलाई छिर्के लगाउने कुचेष्ठा गरे युवाहरु बाघ बनेर आउने र त्यसबाट आउने परिणाम ओली विरुद्धका नेतृत्वले जिम्मा लिनुपर्ने चेतावनी दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठाइ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले गरिरहेका छन् । उनीहरुले ओलीको अहमता धेरै भएको भन्दै अब दुवै पदबाट हटाउने जिकिर गर्दै आएका छन्।

नेकपामा भाँडभैलो भइरहेका बेला ओलीको पक्षमा युवाहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’सहितका नारा लगाएका थिए। प्रदर्शनमा विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रदर्शनकारीहरूले नारा लगाएका छन्। उनीहरुले प्रधानमन्त्री ओलीको फोटोसहित ‘देशको मुहार फेर्नुछ साथी पार्टी भन्दा राष्ट्र माथि’ लेखिएको ब्यानर लिएर नाराबाजी गरेका थिए।

प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक तथा कालापानी सहित गुमेको भुमि फिर्ता ल्याउने, अंगृकृत नागरिकताका विषय लगायतमा नेपालमा रहेर दिल्लीका सिल्लीहरुलाई हन हन पसिना आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई साथ दिन आम नेपाली तीन करोड जनता शिरमा कफट बाँधेर अघि बढ्ने दृढता व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु