मन्त्रिपरिषद् बैठक अघि राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली Nepalpatra मन्त्रिपरिषद् बैठक अघि राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली
३१ चैत्र २०७७, मंगलबार

मन्त्रिपरिषद् बैठक अघि राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी File Photo

काठमाडौँ, असार १८ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानममन्त्री ओली बिहान ११ बजेतिर शितल निवास पुगेका थिए ।

शितल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच अहिले भेटवार्ता जारी छ । शीतल निवासले राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो नियमित भएको जनाएको छ ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । प्रधानमन्त्री ओलीले आजै १२ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

आजको बैठकले चालु वर्षे अधिवेशन बन्द गर्ने निर्णय गर्ने बुझिएको छ । त्यस्तै केही विधेयकहरुका बारेमा समेत छलफल हुन लागेको स्रोतले बताएको छ । गत वैशाख २६ गतेबाट वर्षे अधिवेशन सुरु भएको थियो ।

स्थायी कमिटी बैठक बस्न अगाडि प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् । नेकपाको स्थायी कमिटी बैठक पनि आज बस्दैछ । स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको सदस्यहरूले चर्को आलोचना गरेका छन् भने उनको राजीनामा पनि मागेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु