१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्रीवाट ओलीलाई हटाउन पाइदैन भनेर समर्थकहरूले प्रदर्शन गर्दै


kp-oli

बिर्तामोड, असार १८ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टीभित्रै घराबन्दीमा पारिएको र राजीनामा गर्न बाध्य पार्न खोजिएको भन्दै प्रधानमन्त्रीको गृह जिल्ला झापामा ओली समर्थकहरूले आज बिहीबार आज प्रदर्शन गर्दैछन् ।

झापाको विर्तामोडको मुक्ति चोकमा बिहीबार अपरान्ह ३ बजेका लागि प्रदर्शन गर्न लागिएको नेकपाका युवा नेता टिका मग्रातीले जानकारी दिएका छन् । सत्तारुढ पार्टी सम्बद्ध भातृ संस्थाका युवाहरू प्रदर्शन निस्किने बताइएको छ । उनीहरूका अनुसार प्रधानमन्त्रीका लागि चुनाव जिताएर पठाएको प्रतिनिधि सभा सदस्यलाई जबरजस्ती राजीनामा गर्न लगाउने षडयन्त्रको भण्डाफोर गर्न ओली जिताउन खटिएका युवा प्रदर्शनमा उत्रने मग्रातीले बताएका छन् ।

नेपालको राष्ट्रियताको पक्षमा चट्टानी अडान लिँदै भारतका विरुद्ध उभिनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले झापड हान्न सुरु गरेको छ । भारतीय डिजाइनमा नेपालभित्र अब पूरै ओली विरोधी माहौल बनाइने भएको छ । देशभरका नेकपाका कार्यकर्ता एवम् शुभचिन्तकले तत्कालका लागि प्रधानमन्त्री ओलीलाई हटाउन नमिल्ने भन्दै समाजिक संजालमा विचार ब्यक्त गरिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !