८ बैशाख २०८१, शनिबार

नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक भोलि १७ गते बस्ने


नेकपा स्थायी समिति बैठक फाइल फोटो

काठमाडौँ, असार १६ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको बसेको स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्रीका प्रेस सलाहकार सुर्य थापाका अनुसार अर्को बैठक भोलि असार १७ गते विहान ११ बजे फेरि बस्ने भएको जानकारी दिएका छन् ।

उनका अनुसार नेकपा स्थायी कमिटीकाे बैठक आज चाैथाे दिन निर्धारित एजेन्डा भन्दा भिन्न कार्यसूचीमा केन्द्रित भई संचालन भएकाे छ । बैठककाे शुरूवातमा मदन जयन्तीका अवसरमा असार १४ गते सम्माननीय प्रधानमन्त्रीले राख्नुभएका विचार, सरकार हटाउन भारत सक्रिय रहेकाे, त्यसमा पार्टीका नेताहरूकाे संलग्नता रहेकाे र दुई दिनअघि निर्वाचन आयाेगमा दर्ताकाे लागि आवेदन परेकाे भनिएकाे नेकपा (एमाले) काे सम्बन्धमा छलफल भएको पनि उनले जानकारी दिएका छन् ।

साथै यस विषयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड”, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गाैतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सदस्यहरू बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्याैपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश साह, सुरेन्द्र पाण्डे, जनर्दन शर्मा, पम्फा भुसाल, गाेकर्ण विष्ट र भीम आचार्य गरी १८ जनाले आ-आफ्ना धारणा राखेकाे उनले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !