७ बैशाख २०८१, शुक्रबार

भारतले केपी ओलीलाई हटाउँछु भन्ने नसोचे हुन्छ : प्रधानमन्त्री ओली


केपी शर्मा ओली

काठमाडौँ, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गर्दा आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको बताएका छन् । प्रधानमन्त्री ओलीले छिमेकी भारतलाई नयाँ नक्सा छाप्यो भनेर आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न चेतावनी दिदै नेपाली राष्ट्रियता त्यति कमजोर नरहेको बताएका छन् ।

आइतबार मदन भण्डारीको ६९ औं जन्मोत्सवका अवसरमा बालुवाटारमा मदन भण्डारी फ़ाउण्डेशनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नयाँ दिल्लीका मिडिया, वौद्धिक बहस र काठमाडौंस्थित दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटबाट आफूलाई हटाउन केके भइरहेको छ भन्ने देखाइरहेको बताए ।

उनले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी भएपछि भारतले भारतीय मिडियामार्फत आफ्नो नेतृत्वको सरकार ढाल्न भूमिका खेलेको भन्दै तर त्यो प्रयास सफल हुन नदिने बताए । उनले नेपालले अरुको जमिन हस्तक्षेप नगरेकाले त्यो जमिन फिर्ता गरेरै छाड्ने पनि बताए ।

उनले नेपालको नक्सा छापेर संविधान संशोधन गरेवापत प्रधानमन्त्री हटाउने सपना नदेख्न भारतलाई चेतावनी दिँदै यतिवेला आफू हटे भोलिदेखि नेपालको पक्षमा कोही बोल्न नसक्ने भएकाले नेपालको राष्ट्रियतालाई त्यति कमजोर नठान्न आग्रह गरे ।

उनले कुनै पनि विषयमा बहकिन जरुरी नरहेको भन्दै साम्प्रादायिकताका आधारमा विग्रह पैदा गर्नेहरुलाई मदन भण्डारीले एकतामा बदल्ने प्रयास गरेको र त्यही विचारबाट चलेको पार्टीलाई कमजोर नआक्न सुझाव दिए । उनले नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र भएको भन्दै दुई देशबीचको तरुल पनि नभएकाले कसैको अधीनस्त भएर नबस्ने बताए ।

ओलीले मदन भण्डारीको विचारले नै नेपाली समाजलाई परिवर्तन गरेर यहाँसम्म ल्याउन सकिएको भन्दै भण्डारीको महत्वपूर्ण योगदानको चर्चा पनि गरे ।मदन भण्डारीको चर्चा गर्न उत्तिकै सतर्कता र सही विश्लेषण हुन जरुरी रहेको भन्दै उनले भण्डारीको चर्चा गर्न कठिन विषय भएको बताए ।

उनले अहिले अरु कुरा मान्ने तर मार्क्सवाद मान्दिनँ भन्ने विद्धवानहरु रहेको भन्दै त्यसमा दुईवटा कारण रहेको बताए । ती कारण खुलाउदै प्रम ओलीले त्यस्तो भन्नेहरुले मार्क्सवाद नै नबुझेकाले मान्दिनँ भनेको र अर्को लहैलहैको वैचारिक पूर्वाग्रह राख्नेहरुले त्यसो गर्ने गरेको बताए । ‘जवकी मार्क्सजस्तो यस सहश्राव्दीको सवैभन्दा ठुलो चिन्तक भनेर निश्कर्षहरु निकालिएको छ’, माक्सवाद मान्दिनँ भन्नहरुप्रति ओलीको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !