६ बैशाख २०८१, बिहिबार

झापामा वाम गठबन्धनविरुद्ध कांग्रेस एक्लै चुनावी मैदानमा


कात्तिक १६, झापा । झापामा दुई ठूला राजनीतिक शक्तिबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीसहित बनेको वाम गठबन्धन र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको हो । मधेसवादी दलसँग चुनावी समीकरण गर्ने भनिएपनि झापामा वाम गठबन्धनविरुद्ध कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको हो ।

प्रतिनिधिसभा सदस्यका लागि झापा निर्वाचन क्षेत्र नम्बर–१ मा कांग्रेसका विश्वप्रकाश शर्मा चुनावी मैदानमा उत्रिएका छन् भने वाम गठबन्धनबाट सो क्षेत्रमा माओवादी नेता सुरेन्द्रकुमार कार्कीले प्रतिस्पर्धा गर्दैछन् । झापा क्षेत्र नम्बर–२ मा वाम गठबन्धनले महिला नेत्री पवित्रा निरौलालाई चुनावी मैदानमा उतारेको छ भने कांग्रेसका उद्धव थापाले प्रतिस्पर्धा गर्दैछन् ।

वाम गठबन्धनले झापा क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनलाई समर्थन गरेको छ भने सो क्षेत्रमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको उम्मेदवारी परेको छ । यस्तै, झापा क्षेत्र नम्बर–४ मा वाम गठबन्धनका तर्फबाट एलपी साँवा लिम्बू चुनावी प्रतिस्पर्धामा छन् । साँवासँग कांग्रेसका तर्फबाट देउमान थेबे भिड्दैछन् । झापा क्षेत्र नम्बर–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा उत्रिएका छन् । उनलाई कांग्रेसका तर्फबाट डा. खगेन्द्र अधिकारीले चुनौती दिँदैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !