८ बैशाख २०८१, शनिबार

बोधी मार्ग दर्शनविरुद्ध राज्यको नीति गलत : नेता लामा


बहादुरसिंह लामा

काठमाडौँ, १२ असार । नेपाली काँग्रेसका नेता बहादुरसिंह लामाले बोधी मार्ग दर्शनविरुद्ध राष्ट्रले अवलम्बन गरेको नीति र दुव्र्यवहारले शुभचिन्तकलाई दुखित बनाएको बताउनु भएको छ ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका नेता लामाले आज प्रेस विज्ञप्ति जारी गरी धार्मिक, सांस्कृतिक एवं दार्शनिक आस्थाका आधारमा राज्यले पूर्वाग्रहित बनाएको व्यवहारले सबैलाई दुखित बनाएको बताउनुभएको हो ।

उहाँले धर्मनिरपेक्ष राष्ट्र नेपालमा बोधी मार्गदर्शन मैत्री धर्म एक जगत् एक प्राणी एक धर्मको सीमानिहित संसार बनाउने महान् उद्देश्यले प्रेरित संस्थामाथि प्रहार हुन खोजेको आरोप लगाउनुभएको छ । नेता लामाले राज्यलाई सबै धर्म, आस्था र सबै धर्मगुरु अनुयायीप्रति सहिष्णुता बन्नसमेत आग्रह गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !