राष्ट्रपति भण्डारीले बोलाइन राजनीतिक दलका शीर्ष नेताहरुलाई शीतल निवासमा Nepalpatra राष्ट्रपति भण्डारीले बोलाइन राजनीतिक दलका शीर्ष नेताहरुलाई शीतल निवासमा
३१ चैत्र २०७७, मंगलबार

राष्ट्रपति भण्डारीले बोलाइन राजनीतिक दलका शीर्ष नेताहरुलाई शीतल निवासमा


राजनीतिक दलका शीर्ष नेतालाई शीतल निवासमा

काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा डाक्नुभएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड-१९, संविधानमा भएको संशोधन लगायत समसामयिक विषयमा छलफल गर्न शीलत निवासमा साँझ ५ बजे नेताहरुलाई भेटघाटका लागि बोलाउनु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ । ‘‘कोभिड –१९ को कारण बन्दाबन्दीले गर्दा राजनीतिक दलका शीर्ष नेतासंँग राष्ट्रपतिको तीनचार महिना नै भेट भएको थिएन ’’, उहाँले भन्नुभयो, ‘‘सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न उहाँहरुलाई बोलाउनु भएको हो । उहाँको यो नियमित भेटघाट पनि हो ।’’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु