१२ बैशाख २०८१, बुधबार

ओलीलाई महतोको प्रश्न: जनताको भावनामा ठेस पुग्ने कानुन बनाएर के सन्देश दिन खोजिएको हो ?


राजेन्द्र महतो

७ असार, काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव संविधानको मर्म विपरीत भएको बताएका छन् ।

राज्य व्यवस्था समितिको आइतबारको बैठकमा नेता महतोले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको विरोध गरेका छन् ।

महतोले भने, “अंगीकृत नागरिकका सन्दर्भमा जे बन्देज लगाउनु थियो, संविधानमा लगाइसकेको छ । अहिले फेरि ७ वर्षको प्रस्ताव किन ? किन प्रस्ताव आयो बुझ्न सकेको छैन । हामीले कहाँ प्रहार गर्न खोजेको हो ? जनताको भावनामा ठेस पुग्ने कानुन बनाएर के सन्देश दिन खोजिएको हो ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !