७ बैशाख २०८१, शुक्रबार

काँग्रेस काठमाडौँ कार्यसमितिद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र


प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २ असार । नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँ ले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला कार्यसमितिका सभापति कृष्ण बानियाँ नेतृत्वको टोलीले आज बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय गई प्रमुख जिल्ला अधिकारीलाई चारबुँदे माग राखी ज्ञापनपत्र बुझाएको हो ।

उक्त ज्ञापनपत्रमा विदेशबाट घर फर्कन चाहने नेपालीलाई यथाशीघ्र सरल र सुलभ व्यवस्था गरी फर्किने वातावरण बनाउनुपर्ने, शारीरिक अशक्तता भएका, एकल महिला र गर्भवतीका लागि राहतको कार्यक्रम ल्याउनुपर्ने, अविलम्ब क्वारेन्टिनको अवस्थामा सुधार गर्नुपर्ने, स्वास्थ्य सेवा एवं पिसिआर सेवा बढाउनुपर्ने र जोखिमको अग्रभागमा काम गर्दै आएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका लागि सरकारले प्रतिव्यक्ति रु एक करोडको बीमा गर्नुपर्ने माग गरिएको छ । साथै काठमाडौँमा कोरोना भाइरस रोकथामका लागि अझ प्रभावकारी काम गर्नुपर्ने, राहतलाई न्यायपूर्ण ढ्ङ्गबाट बाँड्नुपर्ने, शैक्षिक संस्था, होटल व्यवसाय, औद्योगीक क्षेत्रलगायत सम्पूर्ण आर्थिक क्षेत्रको पुनरुत्थानका लागि विशेष कार्यक्रमका साथै कोरोना सङ«क्रमित र अन्य दीर्घरोगीका लागि स्वास्थ्योपचारको उचित व्यवस्था गर्न माग गरिएको छ ।

सभापति बानियाँद्वारा हस्ताक्षरित सो ज्ञापनपत्रमा रोगविरुद्ध सबै नेपाली एकजुट भई जनतालाई स्वस्थ राख्न तथा अरु आवश्यक सामग्रीसहितका सुविधा दिनुपर्नेमा सरकारको अदूरदर्शिताका कारण कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएको आरोप लगाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !