१२ बैशाख २०८१, बुधबार

दार्चुलाको छाङरुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बिओपी (फोटो फिचर)


दार्चुलाको छाङरु बिओपी

३१ वैशाख, दार्चुला । दार्चुला जिल्लाको ब्यास गाउँपालिका-१ छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । कालापानी र लिपुलेक आसापासको भूमि मिचेर भारतले सडक बनाएको भन्दै सदन र सडक तातिरहेका बेला कालापानी नजिकै सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको हो ।

गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्राध्यापक.डा. इन्द्रजित राई तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले बुधबार कालापानी नजिकै दार्चुलाको छाङरुमा बिओपीको उद्घाटन गरेका हुन्। त्यहाँ सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको कमाण्डमा २५ सशस्त्र प्रहरी खटाइएको छ ।

भारतले, नेपालको कालापानी र लिपुलेक क्षेत्र मिचेर चीनको तिब्बतमा रहेको कैलाश मानसरोवर जाने सडक निर्माण गरेपछि अहिले देशभरी आन्दोलन भइरहेको छ भने सत्ता पक्ष र प्रतिपक्षले समेत मिचिएको भुभाग फिर्ता गर्नेबारे भारतसँग कूटनीतिक पहल गर्न माग गरिरहेका छन् ।

दार्चुलाको छाङरु बिओपी

दार्चुलाको छाङरु बिओपी

दार्चुलाको छाङरु बिओपी

दार्चुलाको छाङरु बिओपी

दार्चुलाको छाङरु बिओपी

दार्चुलाको छाङरु बिओपी

दार्चुलाको छाङरु बिओपी

तस्वीर : सशस्त्र प्रहरी बल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !