४ बैशाख २०८१, मंगलबार

लकडाउनको समयमा काठमाडौँ उपत्यकाको जनजीवन (फोटो फिचर)


लकडाउनको समयमा काठमाडौँ उपत्यकाको जनजीवन

काठमाडौँ, वैशाख २८ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले गर्दा संसारभरका सवै नागरिक त्रसित भएका छन् । कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनको समयमा काठमाडौँ उपत्यकाको जनजीवन कस्तो देखिएको छ भन्ने बारेमा तल चित्रमा प्रस्तुत गरिएको छ ।

जस अनुसार लकडाउनमा स्वयम्भूबाट देखिएको काठमाडौँ शहर कस्तो देखिएको, लकडाउनको समयमा पाटन दरबार स्क्वाएरमा परेवालाई चारो खुवाउँदै गरेको, भक्तपुरको सल्लाघारी चोकमा सर्वसाधारण तरकारी फलफूल किन्दै गरेको तस्वीर प्रस्तुत गरिएको छ ।

साथै रोटरी क्लब अफ काठमाडौँ वेस्टलगायत केही समाजसेवी काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडस्थित स्पार्क हेल्थ होम हस्पिटल परिसरमा आर्थिक अवस्था कमजोर भएकाहरुलाई निःशुल्क भोजनको व्यवस्था गर्दै । गत चैत २० गतेदेखि बिहान नियमित खानाको प्रबन्ध गरिएकामा अहिलेसम्म करीब दुई हजारलाई निःशुल्क भोजन उपलब्ध गराइएको छ ।

लकडाउन भएपनि विभिन्न क्षेत्रमा सडकको काम जारी भएतापनि काठमाडौँको चाबहिल-जोरपाटी सडकखण्डमा काम गर्दै मजदूर, लकडाउनको समयमा शनिबार स्वास्थ्य मन्त्रालय अगाडिको सडकमा कुकुरलाई खाना खुवाउँदै युवती, मध्यपुरथिमि नगरपालिकाले स्थानीय एभरेष्ट पार्टी प्यालेसमा निःशुल्क खाना वितरण गर्न लागेपछि लामबद्ध सर्वसाधारणलाई नगरपालिकाले अन्य तीन ठाउँमा समेत निःशुल्क खानाको व्यवस्था, यति एयरलाइन्सका विमान चालक (क्याप्टेन) रमेश श्रेष्ठबाट बालाजुमा मजदूरी गर्नेलाई राहत प्रदान गरेको तस्वीर प्रस्तुत गरिएको छ ।

स्वयम्भूबाट देखिएको काठमाडौँ

परेवालाई चारो

तरकारी फलफूल

भोजनको व्यवस्था

निर्माण जारी

निर्माण जारी

सडकमा कुकुरलाई खाना

निःशुल्क खाना

मजदूरलाई राहत

तस्वीरहरु : चन्द्रकला क्षेत्री, रमेश गिरी, कृष्णराज गौतम, नारायण ढुङ्गाना, प्रकाश सिलवाल (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !