१३ बैशाख २०८१, बिहिबार

मनको इच्छा पूरा गरिदिने विश्‍वास, आस्था, पवित्रता एवं अलौकिक शक्तिकी देवी पाथीभरा (फोटो फिचर)


पाथीभरा देवी

मानिसका मनको इच्छा पूरा गरिदिने विश्‍वास, आस्था, पवित्रता एवं अलौकिक शक्तिकी देवी हुन् पाथीभरा । ताप्लेजुङ जिल्लामा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको मन्दिरमा हिन्दू र बौद्ध मार्गीहरू शक्ति प्राप्तिका लागि दर्शन गर्न जाने गर्दछन् । ताप्लेजुङ जिल्लामा पर्ने १२ हजार फिट वा ३७९४ मिटरको उचाइमा अवस्थित विश्वास आस्था एवं पवित्रताकी पाथीभरा देवीको मन्दिर श्रद्धालु भक्तजनबीच सुविख्यात छ ।

पाथीभरा देवी विश्‍वास, आस्था, पवित्रता एवं अलौकिक शक्तिकी देवी हुन । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ । धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । “मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्छ । पाथीभरा धाममा गर्भवती, रजस्वला भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ” भन्ने जनधारणा रहिआएको छ ।

ॐ जयंती मंगला काली भद्रकाली कपालिनी ,
दुर्गा क्षमा शिवधात्री स्वाहा, स्वधा, नमस्तुते !!

ॐ सर्व मंगल मांगल्ये शिवे सर्वार्थ साधिके,
शरण्ये त्रियम्बके गौरी नारायणी नमोस्तुते !!

ॐ सर्ब स्वोरुपे सर्बेसे सेर्बे शक्ति समन्बिते,
भयम्यस्त्राही नो देबी दुर्गे देबी नमस्तुते !!

ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया,
सर्वे भद्राणी पश्यन्तु माँ कश्चित् दुःख भाग्य भवेत् !!

मनोआकांक्षा पुरा गर्ने आस्था तथा बिश्वासकी देबी श्री पाथीभरा माताले हामी सबैको रक्षा गरुन ! श्री पाथीभरा माताको चरण कमलमा कोटी कोटी प्रणाम ! ॐ श्री पाथीभरा माताको आशिर्बाद सदा प्राप्त भईरहोस, ॐ श्री पाथीभरा माताकी जय जय जय जय जय !!!!!

 पाथीभरा देवी

 पाथीभरा देवी

 पाथीभरा देवी

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस्  

घुम्न जाने होइन झापाको धार्मिक तथा पर्यटकीय गन्तव्य अर्जुनधारा

यस्तो बन्नेछ झापाको सुन्दर पर्यटकीय गन्तव्य गौरादह कृषि पर्यटन क्षेत्र

दर्शन गरौ मनका अधुरा इच्छा एवं कामनाहरू पूरा गरिदिने ताप्लेजुङको पाथीभरा देवी

घुम्न जाने होइन मोरङको प्राचीन तथा ऐतिहासिक पर्यटकीय स्थल विराट राजाको दरवार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !