८ बैशाख २०८१, शनिबार

पौडीमा कीर्तिमान बनाएकी गौरिकाको फोटो फिचर


मंसीर २४, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले चौंथो स्वर्ण पदक जिती कीर्तिमान बनाएकी छन् । उनले भारतीय खेलाडी शिवा‌ंगी शर्मालाई पछि पारिन् । शिवा‌ंगीको समय ५८.१५ सेकेन्ड रह्यो । यो संगै नेपालले चालु सागमा ४९ वटा स्वर्ण पदक जितेको छ ।

सातदोबाटोस्थित पौडी पोखरीमा महिलाको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी छन् । स्वर्ण जित्ने क्रममा गौरिकाले ५८.१३ सेकेण्डको समय निकालेकी थिइन् ।उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन् । उनीभन्दा अघि सागको फरक संस्करणमा दीपक विष्टले चार स्वर्ण जितेर कीर्तिमान बनाएका थिए ।



यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !