पूर्व युवराज पारस शाहको मुक्तिनाथ दर्शन (फोटो फिचर)

कार्तिक २३, काठमाडौं । पारस शाह नेपालको पूर्व राजा ज्ञानेन्द्रका छोरा तथा पूर्व युवराज हुन् । थाइल्याण्डबाट फर्केर आएदेखि नै उनी परिवारदेखि अलग बस्दै आएका हुन् । आफ्ना छोरीछोरीसँग पारिवारीक जमघट र सार्वजनिक कार्यक्रममा भने उनी देखा पर्दै आएका छन् ।

यस बीचमा कुनै खास विवादमा नतानिएका पारस आजभोली सर्वसाधारणको जीवनशैली अपनाएको भनिएपनि ‘युट्युवर’ सोनिका रोकायासँगको उनको अँगालो मारेको तस्बिर बाहिर आएपछि चर्चामा छन् ।

उनले आफ्नो पारस शाह नामक फेसबुक पेजमा मुक्तिनाथमा घोडामा चढेको र मुक्तिनाथ मन्दिरको दर्शन गरेका फोटोहरु शेयर गरेका छन् । साथै मुक्तिनाथको दर्शन गर्न पाएकोमा आफुलाई धन्य महसुस भएको बताएका पनि छन् ।

Gopal Bhandari

गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.