१२ बैशाख २०८१, बुधबार

दिपावलीमा बेहुली झैँ सिंगारिएको काठमाडौँ (फोटो फिचर)


NEA Dipawali

कात्तिक १०, काठमाडौं । हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा झिलिमिली बत्तीले काठमाडौं उपत्यका रातिमा पनि बेहुली झैँ सिंगारिएर उज्यालो देखिएको छ । आज तिहारको तेस्रो दिन घर-घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिएको छ । घर-घरमा विभिन्न किसिमका बत्तीहरु बालिएकोले गर्दा पूरै राजधानी काठमाडौँ रंगीचंगी देखिएको छ ।

देश लोडसेडिङमुक्त भएपछि तिहार झनै उल्लासमय भएको छ । केही सेकेन्ड पनि बिजुली जान छाडेपछि तिहारको लक्ष्मीपूजाको दिन राजधानी उपत्यकासहित देशभरका शहर चम्किएका छन् । झिलिमिली बत्तीले देशको राजधानी काठमाडौँ झकिझकाउ भएको छ । यो वर्षको तिहारलाई काठमाडौं उपत्याकाका विभिन्न स्थानबाट नियाल्दा झिलिमिली बिजुली देखिएको छ ।

थप भिडियो पनि हेर्नुहोस्  


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !