यसरी भयो चिनियाँ राष्ट्रपतिको काठमाडौंमा सवारी (फोटो फिचर)

चिनियाँ राष्ट्रपतिको काठमाडौंमा सवारी (फोटो फिचर)

असोज २५, काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् । चिनियाँ राष्ट्रपति सी ५ बजे काठमाडौं अवतरण गरेका हुन् । उनी एयर चाइनाको विशेष विमानबाट काठमाडौं आएका हुन् । स्वागतको लागि राष्ट्रपति भण्डारी विमानसम्म पुगेकी थिइन्।

राष्ट्रपति सी एयर चाइनाको विशेष विमानबाट भारतको चेन्नाई हुँदै शनिबार अपराह्न नेपाल आएका हुन् । उनलाई नेपालकी राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । राष्ट्रपति सीलाई स्वागत गर्न सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, सम्माननीय राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र केन्द्रीय सरकारका मन्त्रीहरु उपस्थित विमानस्थल पुगेका थिए ।

उनी भारतको चेन्नेइ भ्रमणपछि नेपाल आएका हुन्। उनलाई विमानस्थलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको हो । पन्चकन्याले उनलाई फूलमालाले स्वागत गरेका थिए । राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटलमा पुगेका छन् ।

चिनियाँ राष्ट्रपतिको काठमाडौंमा सवारी 1

चिनियाँ राष्ट्रपतिको काठमाडौंमा सवारी 3

चिनियाँ राष्ट्रपतिको काठमाडौंमा सवारी 1

चिनियाँ राष्ट्रपतिको काठमाडौंमा सवारी 5

चिनियाँ राष्ट्रपतिको काठमाडौंमा सवारी 7

चिनियाँ राष्ट्रपतिको काठमाडौंमा सवारी 8

चिनियाँ राष्ट्रपतिको काठमाडौंमा सवारी 9

यो पनि पढ्नुहोस्

चिनियाँ राष्ट्रपति सी काठमाडौं आइपुगे

यस्तो छ चिनियाँ राष्ट्रपति सी को २ दिने भ्रमणका कार्यतालिका

चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत

यसरी गरियो चिनियाँ राष्ट्रपति सीलाई स्वागत (फोटो फिचर)

चिनियाँ राष्ट्रपति सीलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर