८ बैशाख २०८१, शनिबार

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसमा गरियो बढाइँ र मार्चपास (फोटो फिचर)


महाशिवरात्रि र सेना दिवस

काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आज शनिबार मुलुकभर विविध कार्यक्रम गरी २६०औँ स्थापना दिवस मनाएको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएकी छन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरिन् । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको छ । सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०७९’ लेखिएको ब्यानर प्रदर्शन गरिएको छ । त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ र कवाज प्रस्तुत गरेको थियो ।

सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएको छ । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति भएको छ ।

समारोहमा सेनाले विभिन्न रणकौशल तथा परम्परागत वेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरियो । कार्यक्रममा मार्चपास, पिटी र तेक्वान्दो प्रस्तुत गरियो । सो अवसरमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।

महाशिवरात्रि विद्यादेवी भण्डारी महाशिवरात्रि विद्यादेवी भण्डारी महाशिवरात्रि विद्यादेवी भण्डारी महाशिवरात्रि विद्यादेवी भण्डारी महाशिवरात्रि र सेना दिवस महाशिवरात्रि र सेना दिवस महाशिवरात्रि र सेना दिवस महाशिवरात्रि तथा सेना दिवसमहाशिवरात्रि र सेना दिवस महाशिवरात्रि र सेना दिवस महाशिवरात्रि र सेना दिवस महाशिवरात्रि र सेना दिवस महाशिवरात्रि र सेना दिवस महाशिवरात्रि र सेना दिवस महाशिवरात्रि र सेना दिवस महाशिवरात्रि र सेना दिवस महाशिवरात्रि र सेना दिवस महाशिवरात्रि र सेना दिवस महाशिवरात्रि र सेना दिवस महाशिवरात्रि र सेना दिवस महाशिवरात्रि र सेना दिवस महाशिवरात्रि र सेना दिवस महाशिवरात्रि र सेना दिवस महाशिवरात्रि र सेना दिवस महाशिवरात्रि र सेना दिवस

तस्बिर : प्रदीपराज वन्त र रत्न श्रेष्ठ, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !