८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री देउवा भारत भ्रमणमा प्रस्थान गर्दा जे देखियो (फोटो फिचर)


प्रधानमन्त्री देउवा भारत प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँ दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गरेको हो ।

प्रधानमन्त्री देउवा आज चैत १८ गतेदेखि २० गतेसम्म ३ दिने भारत भ्रमणमा गएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवाको यो भ्रमण पाँचौ पटक प्रधानमन्त्री भएपछिको पहिलो औपचारिक भ्रमण हो ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणमा चार जना मन्त्री पनि गएका छन् । प्रधानमन्त्री देउवासँगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा भारत भ्रमणमा जाने भएका हुन् ।

प्रधानमन्त्री देउवासहित उच्चस्तरीय प्रतिनिधिमण्डलमा चार मन्त्रीहरु, उनकी पत्नी आरजु राणा देउवा, सचिवहरु तथा पदाधिकारीहरु रहेका छन् । भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तस्वीरमा हेर्नुहोस् प्रधानमन्त्री देउवाको भारत प्रस्थान

प्रधानमन्त्री देउवा भारत प्रस्थानप्रधानमन्त्री देउवा भारत प्रस्थानप्रधानमन्त्री देउवा भारत प्रस्थानप्रधानमन्त्री देउवा भारत प्रस्थानप्रधानमन्त्री देउवा भारत प्रस्थान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !