८ बैशाख २०८१, शनिबार

तस्वीरमा हेर्नुहोस् परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीवीचको भेट (फोटो फिचर)


डा. नारायण खड्का र वाङ वी

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपाल भ्रमणमा हिजो आएका चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ वीवीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री यीवीच आज भेट भएको हो ।

आज शनिबार अपराह्न विदेशमन्त्री वाङले चीन-नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ताको नेतृत्व गरेका थिए । नेपाल र चीनका परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच शनिबार द्विपक्षीय वार्ता भएको छ ।

नेपाल र चीनबीच ९ बुँदे समझादारीपत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा ९ बुँदे समझादारीपत्रमा हस्ताक्षर भएको हो । आज समझदारीअघि परराष्ट्र मन्त्रीहरुवीच र प्रतिनिधिमण्डलस्तरमा पनि छलफल भएको थियो ।

नेपाल र चीनबीच नेपाल चीन अन्तरदेशीय रेल निर्माणको सम्भाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रसारणलाइन निर्माणका विषयमा समझदारी भएको छ । यस्तै, नेपालमा चिनियाँ स्वाथ्यकर्मीको टोलीले सेवा प्रवाह गर्ने, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपाललाई कोरोनाविरुद्धको आवश्यक खोप प्रदान गर्नेलगायत विषयमा समझदारी भएको हो ।

आजै शनिबार साँझ नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्ना चिनियाँ समकक्षीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् । सवै भेटघाट सकेर चिनियाँ विदेशमन्त्री वाङ भोलि आइतबार अपराह्न बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
डा. नारायण खड्का र वाङ वी डा. नारायण खड्का र वाङ वी डा. नारायण खड्का र वाङ वी डा. नारायण खड्का र वाङ वी डा. नारायण खड्का र वाङ वी डा. नारायण खड्का र वाङ वी डा. नारायण खड्का र वाङ वी डा. नारायण खड्का र वाङ वी डा. नारायण खड्का र वाङ वी डा. नारायण खड्का र वाङ वी डा. नारायण खड्का र वाङ वी डा. नारायण खड्का र वाङ वी डा. नारायण खड्का र वाङ वी डा. नारायण खड्का र वाङ वी डा. नारायण खड्का र वाङ वी डा. नारायण खड्का र वाङ वी डा. नारायण खड्का र वाङ वी डा. नारायण खड्का र वाङ वी डा. नारायण खड्का र वाङ वी

तस्वीर : रोशन सापकोटा, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !