१२ बैशाख २०८१, बुधबार

राजधानी लगायत देशका बिभिन्न जिल्लामा यस्तो देखियो होलीको रौनक (फोटो फिचर)


होली पर्व काठमाडौँ फाइल फोटो

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन आज फागु पूर्णिमा अर्थात् होली पर्व हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइएको छ । आज मनाइने देशका विभिन्न जिल्लाहरुमा होली उल्लासपूर्ण रुपमा मनाइएको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा रहेको छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।

सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन । विगत वर्ष भन्दा यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापी रुपमा घट्दै गएकोले यो वर्ष पोहोरको तुलनामा खुलेर होली मनाउन पाउने देखिन्छ ।

काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा चीरोत्थान गरेसँगै राजधानीमा हिँड्नै नसकिने गरी फोहर पानीले भरिएका बेलुनले हिर्काउने विकृति अन्त्य भएको छ । फागु पर्व सभ्य हुन थालेपछि भने बुधबार पनि राजधानीमा युवतीको चहलपहल पूर्ववत् रह्यो ।

यसै क्रममा काठमाडौं उपत्यकावासीले रंग साटासाट तथा अबिर दलेर होली मनाएका छन् । काठमाडौंको बसन्तपुरमा होली विशेष समारोह आयोजना गरिएको छ । नेपाल प्रहरीको सांगीतिक प्रस्तुतिसमेत रहेको बसन्तपुरमा युवा युवतीले अबिर लगाएर नृत्य गरेर फेस्टी मुडमा होली मनाएका छन् ।

यस्तैगरी ललितपुरको पाटन दरबार स्क्वायरमा पनि रंग अबिर दलेर हर्षोल्लासका साथ होली मनाइएको छ । त्यसैगरी वसन्त ऋतुको आगमनसँगै रङ र खुसीको फागुपर्व आज भक्तपुरमा पनि उल्लासपूर्ण रुपमा मनाइयो ।

भक्तपुरको मध्यपुरथिमिको ऐतिहासिक सम्पदास्थल निगु पुखु अर्थात् दुई पोखरीमा चर्चित गायकहरुको प्रस्तुतिसँगै पानीमा डुबुल्की मार्दै भक्तपुरका बासिन्दाले यस वर्षको होली भव्यरूपमा मनाएका छन् ।

नमस्ते ख्वप टेलिभिजन र लायन्स क्लब अफ नमस्ते ख्वपले संयुक्तरूपमा आज दुई पोखरीमा आयोजना गरेको म्युजिकल कन्सर्टसहितको होली कार्यक्रममा गायक गायिकाको प्रस्तुतिमा पोखरीको पानीमै सयौँ युवायुवतीले झुम्दै नाच्दै एकआपसमा सौहार्दरूपमा रङ खेल्दै होली मनाएका छन् ।

फागु पूर्णिमाको अवसरमा पहाडी जिल्ला तनहुँको दमौलीमा आज बिहीबार रङ दलेर रमाइलोसंग होली पर्व मनाइँएको छ । बजार क्षेत्रमा जडान गरिएको सिसिटिभी मर्मत तथा सम्भार सहयोगार्थका तनहुँ उद्योग बाणिज्य सङ्घ दमौली बजार इकाई समितिद्वारा आयोजित होली विशेष कार्यक्रमका साथ होली पर्व मनाइएको छ ।

म्याग्दीमा फागु पूर्णिमाको अवसरमा रङ्ग दलेर होली मनाइयो । कालिकोटको मान्ममा होली मनोरञ्जनका साथ खेलिएको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा फागु पूर्णिमाको अवसरमा एकअर्कालाई अबिर लगाइदिँएर होली पर्व मनाइएको छ ।

देशका बिभिन्न जिल्लामा देखियो होलीको रौनकका तस्वीरहरु 

प्रेमबहादुर आले

काठमाडौँ बसन्तपुर होली_फागु पूर्णिमा काठमाडौँ बसन्तपुर होली_फागु पूर्णिमा काठमाडौँ बसन्तपुर होली_फागु पूर्णिमा पर्यटक काठमाडौँ बसन्तपुर होली_फागु पूर्णिमा काठमाडौँ बसन्तपुर होली_फागु पूर्णिमा काठमाडौँ बसन्तपुर होली_फागु पूर्णिमा काठमाडौँ होली_फागु पूर्णिमा काठमाडौँ बसन्तपुर होली_फागु पूर्णिमा काठमाडौँ बसन्तपुर होली_फागु पूर्णिमा ललितपुर होली_फागु पूर्णिमा ललितपुर होली_फागु पूर्णिमा ललितपुर होली_फागु पूर्णिमा ललितपुर होली_फागु पूर्णिमा भक्तपुरमा होलीको रौनकभक्तपुरमा होलीको रौनकतनहुँ होली_फागु पूर्णिमा तनहुँ होली_फागु पूर्णिमा तनहुँ होली_फागु पूर्णिमा तनहुँ होली_फागु पूर्णिमा पोखरा होली_फागु पूर्णिमा ताप्लेजुङ होली_फागु पूर्णिमा

तस्वीर : रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !