८ बैशाख २०८१, शनिबार

पर्वत पुगेर राष्ट्रियसभा अध्यक्षले गरे ‘सुपरम्यान जीपलाइन’ (फोटो फिचर)

'निकै साहसिक र रमाइलो अनुभव भयो'


राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गरे 'सुपरम्यान जीपलाइन'

पर्वत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साहसिक खेल ‘सुपरम्यान जीपलाइन’मा सहभागी भएका छन् । कार्यक्रमको शिलशिलामा गृह जिल्ला पर्वत पुगेका अध्यक्ष तिमिल्सिनाले कुस्मा बजार नजिक कालीगण्डकी नदीको खोँचमा बनेको जीपलाइनमा शयर गरेका हुन् ।

हार्नेस जिपलाइन प्रा. लि. कुस्माले सञ्चालनमा ल्याएको सुपरम्यान जीपलाइन विश्वकै दोस्रो लामो भएको कम्पनीको दाबी रहेको छ । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जीपलाइन १४ सय ८० मिटर लामो रहेको छ ।

अध्यक्ष तिमिल्सिनाले सोही सुपरम्यान जीपलाइनबाट १४ सय ८० मिटर दूरीको रिसोर्टमा ल्याण्ड गरेका हुन् । जीपलाइन गरेपछि प्रतिक्रिया दिँदै उनले एकदमै रमाइलो र शाहसिक अनुभव भएको बताए ।

‘आफ्नै ठाउँमा भएको शाहसिक खेलको अनुभव र आनन्द लिँदा धेरै राम्रो हुन्छ,’ उनले भने, ‘अहिले रमाइलो गर्ने शाहसिक खेलमा सहभागी हुनेक्रम बढेको छ । एकपटक हार्नेस जीपलाइनमा आएर अनुभव लिन म अनुरोध गर्दछु।’

सुपरम्यान जीपलाइनमा बालबच्चादेखि बृद्धबृद्धा सम्मको आकर्षण बढेको र पोखरालगायत देशभरबाट धेरै पर्यटकले आउने इच्छा राख्दै समय बुक गराउने गरेको कम्पनीका प्रबन्ध निर्देशक सुनिलसिंह बानियाँले जानकारी दिए । ‘बन्जी, स्वीङ लगायतका साहसिक खेलभन्दा जीपलाइनमा कम डर लाग्ने भएकाले पनि आकर्षण बढेको छ,’ उनले भने । जीपलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गरे 'सुपरम्यान जीपलाइन' राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गरे 'सुपरम्यान जीपलाइन' राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गरे 'सुपरम्यान जीपलाइन' राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गरे 'सुपरम्यान जीपलाइन' राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गरे 'सुपरम्यान जीपलाइन'राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गरे 'सुपरम्यान जीपलाइन' राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गरे 'सुपरम्यान जीपलाइन'

नेपालकै पहिलो स्काईब्रिजको उद्घाटन

यसैबीच अध्यक्ष तिमिल्सिनाले नेपालमै पहिलो पटक बनेको सिसाको पुल(स्काईब्रिज) उद्घाटन गरेका छन् । हार्नेस जीपलाईन प्रालि कुस्माले निर्माण गरेको स्काईब्रिज उद्घाटन गरेपछि अध्यक्ष तिमिल्सिनाले जीपलाइन शयर गरेका हुन् ।

आन्तरिक र बाहिय पर्यटकलाई लक्षित गरी विभिन्न साहशिक खेलसँगै स्काईब्रिज निर्माण गरेको कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लङ देखिन्छ । पुलमा एकैपटक एक सय जना सम्मले स्काईब्रिज चढ्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।

अहिले निर्माण भएको छोटो स्काइब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविष्यमा विश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको बताइएको छ । हार्नेस प्रालिले कुस्माबजारमा नै पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ ।

कुश्मामा सुपरम्यान जीपलाइन नजिकै विश्वकै दोस्रो अग्लो बञ्जी तथा अग्लो स्विङ रहेका छन् । त्यसैगरी लामा र अग्ला झोलुङ्गेपुलले पनि पर्वत आन्तरिक तथा बाहिय पर्यटकको आकर्षको केन्द्र बन्दै गएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !