७ बैशाख २०८१, शुक्रबार

छठ पर्वको रौनकले दुलही झै सिंगारियो जनकपुर (फोटो फिचर)


जनकपुरमा छठको रौनक

जनकपुर । छठ पर्वको रौनकले जनकपुर दुलही झै सिंगारिएको छ । छठका अवसरमा जनकपुरधामको गङ्गा सागर, धनुष सागर लगायतका जलाशय र कुण्ड दुलही झै सिंगारिएको हो ।

छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो ।

छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखोअर्थात् सात्विक भोजन गरेर बस्छन् ।
जनकपुरमा छठको रौनकजनकपुरमा छठको रौनकजनकपुरमा छठको रौनकजनकपुरमा छठको रौनकजनकपुरमा छठको रौनकजनकपुरमा छठको रौनकजनकपुरमा छठको रौनकजनकपुरमा छठको रौनक

तस्बीर सौजन्य : अजयकुमार साह, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !