७ बैशाख २०८१, शुक्रबार

सैन्य विमानमा प्रधानसेनापति शर्मा भारत प्रस्थान गर्दा जे देखियो (फोटो फिचर)


प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारतको चार दिवसीय औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा निस्केका हुन् ।

नेपाली सेनाको मध्य एयरबेश, गौचरमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरे । प्रधानसेनापतिको नियुक्ति भएपछिको उहाँको यो पहिलो विदेश भ्रमण हो ।

प्रधानसेनापति शर्मालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट सुशोभन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 प्रधानसेनापति शर्मा भारत प्रस्थान  प्रधानसेनापति शर्मा भारत प्रस्थान  प्रधानसेनापति शर्मा भारत प्रस्थान  प्रधानसेनापति शर्मा भारत प्रस्थान  प्रधानसेनापति शर्मा भारत प्रस्थान

तस्वीर सौजन्य : नेपाली सेनाको फेसबुक पेजवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !