पूर्वप्रधानमन्त्री डा. भट्टराईले लगाए बहिनीको हातबाट भाइटीका (फोटो फिचर) Nepalpatra पूर्वप्रधानमन्त्री डा. भट्टराईले लगाए बहिनीको हातबाट भाइटीका (फोटो फिचर)
१४ मंसिर २०७८, मंगलबार

पूर्वप्रधानमन्त्री डा. भट्टराईले लगाए बहिनीको हातबाट भाइटीका (फोटो फिचर)


डा. बाबुराम भट्टराई भाइटीका

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नी बहिनीका हातबाट भाइटीका लगाएका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्नी बहिनी पार्वती भट्टराईको हातबाट भाइटीका लगाएका हुन् ।

टीका लगाइदिएपछि बहिनीहरूले भट्टराईलाई मखमली र सयपत्री फूलको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । सो अवसरमा भट्टराईले बहिनीहरुलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गरे ।

भट्टराईले भाइटीका लगाउँदै गरेको तस्बिर सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै टीका ग्रहणसँगै परिवारकासाथ तिहारको रमाइलो भएको उल्लेख गरेका छन् ।
डा. बाबुराम भट्टराई भाइटीकाडा. बाबुराम भट्टराई भाइटीकाडा. बाबुराम भट्टराई भाइटीकाडा. बाबुराम भट्टराई भाइटीकाडा. बाबुराम भट्टराई भाइटीकाडा. बाबुराम भट्टराई भाइटीका

तस्बिर सौजन्य : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको फेसबुक पेजबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !