१३ बैशाख २०८१, बिहिबार

नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथग्रहण समारोहमा जे देखियो (फोटो फिचर)


नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेपछि राष्ट्रपति कार्यालय शितल निवासमा आज शुक्रबार अपरान्ह आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र राज्यमन्त्रीले प्रधानमन्त्री देउवासमक्ष सपथ लिएका हुन् । नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा प्रधानमन्त्री भएको लगभग तीन महिनापछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

वर्तमान देउवा सरकारमा कांग्रेसबाट १ राज्यमन्त्रीसहित ९ जना मन्त्री बनेका छन् भने नेकपा माओवादी केन्द्रबाट १ राज्यमन्त्रीसहित ६ जना मन्त्री बनेका छन् । यस्तै नेकपा (एस) बाट १ राज्यमन्त्रीसहित ५ र जसपाबाट ४ मन्त्री बनेका छन् । गजेन्द्र हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेका हुन् ।

नवनियुक्त मन्त्रीको सपथनवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथनवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथनवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथनवनियुक्त राज्यमन्त्रीको सपथग्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !