७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दा जे देखियो (फोटो फिचर)


राष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन

सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी छन् । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ ।

राष्ट्रपति भण्डारीले आज बुधबार सिन्धुलीस्थित कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा सिन्धुलीगढीमा नेपाली सेनाद्वारा निर्मित सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको अवलोकन समेत गरेकी छन् ।

नेपाली सेनाले करिब ७ करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो ।

भवनको डिजाइन आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ ।

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन राष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन राष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन राष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन राष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन राष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन राष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन राष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटनराष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन
राष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटनराष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटनराष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटनराष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटनराष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटनराष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन

तस्वीर : रत्न श्रेष्ठ, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !