१२ बैशाख २०८१, बुधबार

भूकम्पले लमजुङको भुलभुलेका घरहरु क्षत-विक्षत अवस्थामा (फोटो फिचर)


लमजुङमा भूकम्प

लमजुङ । आज लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार आज बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ रिक्टरको भूकम्प गएको थियो भने ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए ।

बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ रिक्टरको भूकम्प जाँदा घर भत्किँदा विभिन्न स्थानका ४ जना घाइते भएका छन् भने एक दर्जन बढी घरमा क्षति भएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुश भएको छ ।

यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे जानकारी प्राप्त भइसकेको छैन ।

जिल्लामा भने अझै पटकपटक भूकम्पको पराकम्पन जाने क्रम जारी रहेको छ । यी अधिकांश घरहरु ढुङ्गामाटा र जस्ता पाताको छानोबाट बनेको प्रहरीले जनाएको छ

यसरी पटकपटक भूकम्पको धक्का गइरहेकाले यहाँका स्थानीयवासी घरबाहिर सडक र खुला ठाउँमा निस्किएर बसेका छन् । त्यस्तै कोरोना सङ्क्रमणका बेला मानिसहरूको मास्कबिना भीडभाड देखिन्छ । यसले गर्दा सङ्क्रमणको जोखिम समेत बढेको छ ।

लमजुङमा भूकम्प लमजुङमा भूकम्प लमजुङमा भूकम्प लमजुङमा भूकम्प लमजुङमा भूकम्प लमजुङमा भूकम्पलमजुङमा भूकम्प लमजुङमा भूकम्प लमजुङमा भूकम्प लमजुङमा भूकम्प लमजुङमा भूकम्प लमजुङमा भूकम्प

तस्वीर सौजन्य : जिबी घिमिरे प्रदीप र गौरव अधिकारीको फेसबुकबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !