निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकामा जे देखियो (फोटो फिचर) Nepalpatra निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकामा जे देखियो (फोटो फिचर)
३० बैशाख २०७८, बिहिबार

निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकामा जे देखियो (फोटो फिचर)


निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यका

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो ।

निषेधाज्ञाको पहिलो दिन काठमाडौं सुनसान देखिएको छ । अत्यावश्यक बाहेक सबै सवारीलाई प्रहरीले कडाइका साथ रोकेको छ । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन ।

हवाई मार्गबाट नेपाल प्रवेश गर्ने नागरिकले पनि उक्त मापदण्ड पालना गर्नुपर्नेछ । उनीहरुले १० दिन अनिवार्य होटेल वा होम क्वारेन्टिनममा बस्नुपर्नेछ ।

उपत्यकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या दिनप्रतिदिन बढेपछि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले आज बिहान ६ बजेदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो ।

यो समयमा अत्यावश्यक बाहेक हिंडडुलमा समेत रोक लगाइएको छ । निषेधाज्ञाको उल्लङ्घन गरी काठमाडौँको विभिन्न स्थानमा घर बाहिर निस्केका सर्वसाधारणलाई प्रहरीले होल्डिङ जोनमा राखेको छ ।
निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकानिषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकानिषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकानिषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकानिषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यका निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यका निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यका निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यका निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकानिषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यका निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यका निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यका

तस्वीर : प्रदीपराज वन्त र चन्द्रकला क्षेत्री, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !