११ बैशाख २०८१, मंगलबार

मेरियट होटलमा ओली र नेपालवीच भएको भेटवार्तामा जे देखियो (फोटो फिचर)


केपी ओली र माधव नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच लामो समयपछि आइसब्रेक गर्दै आज साँझ अचानक भेटवार्ता भएको छ ।

काठमाडौँको नागपोखरीस्थित होटल मारियटमा दुई नेतावीच अचानक भेटवार्ता भएको हो । छलफलमा विष्णु पौडेल समेत सहभागी भएका थिए । प्रधानमन्त्री ओली र नेता नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाह भएको छ ।

सरकारको नेतृत्व गरिरहेको संसद्को ठूलो दलका शीर्ष तहमा सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधिसभाको पुनःस्थापना तथा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकतालाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि चरम विवाद उत्पन्न भएको थियो ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला र सांसद कारवाही गर्ने विषय अघि बढीरहेको बेला अचानक दुई नेताबीच भेटवार्ता हुनुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । उनले नेताहरुबीच सकारात्मक संवाद भएको जानकारी प्राप्त भएको छ ।

आज दिउसो मात्र योगेश भट्टराईले अध्यक्ष ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक संवाद गर्न सुझाव दिएका थिए । दुई शीर्ष नेताहरूबीच पुन: भेट गर्ने सल्लाह भएको बुझिएको छ ।
केपी ओली र माधव नेपालमेरियट होटलमा ओली र नेपालवीच भएको भेटवार्तामेरियट होटलमा ओली र नेपालवीच भएको भेटवार्तामेरियट होटलमा ओली र नेपालवीच भएको भेटवार्तामेरियट होटलमा ओली र नेपालवीच भएको भेटवार्ता मेरियट होटलमा ओली र नेपालवीच भएको भेटवार्ता मेरियट होटलमा ओली र नेपालवीच भएको भेटवार्ता

तस्वीर : रोशन सापकोटा, रासस

यो पनि पढ्नुहोस्

ओली र नेपालबीच संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश प्रवाह

केपी ओली र माधव नेपालवीच मेरियट होटलमा अचानक भेटवार्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !