१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणमा आज अहिलेसम्म जे देखियो (फोटो फिचर)

यसरी स्वागत गरियो राष्ट्रपति भण्डारीलाई बंगलादेशमा


राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणमा आज अहिलेसम्म जे देखियो (फोटो फिचर)

ढाका । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको राजकीय भ्रमणका सिलसिलामा आज बिहान यहाँको राजधानी ढाकामा आइ पुगेकी छिन् । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बिहान स्थानीय समयानुसार १० बजे ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगेकी हुन् ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट यहाँ आइपुगेकी राष्ट्रपति भण्डारीलाई समकक्षी हमिदले विमानस्थलमा स्वागत गरे । राष्ट्रपति भण्डारीलाई विमानाट ओर्लेलगत्तै बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले पनि स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीलाई विमानस्थलमा २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ दिइयो । राष्ट्रपति भण्डारीले त्यसपछि यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । त्यहाँ उनले वृक्षरोपण पनि गरिन् । राष्ट्रपति भण्डारी हाल आवासका लागि प्रबन्ध गरिएको इन्टरकन्टिनेन्टल होटेलमा आइपुगेकी छिन् ।

राष्ट्रपति भण्डारी आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नाका साथै द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुनेछिन् । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग आजै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणमा राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणमा राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणमा राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणमा राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणमा राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणमा राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणमा

तस्वीर सौजन्य : प्रकाश सिलवाल, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !