७ बैशाख २०८१, शुक्रबार

यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा सेना दिवस (फोटो फिचर)


यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा सेना दिवस

काठमाडौँ । नेपाली सेनाले आज स्थानीय सैनिकमञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले समारोहमा सहभागी भई सबै क्रियाकलापको रुचिपूर्वक अवलोकन गरिन् । महाशिवरात्रिका दिन आज आयोजित समारोहमा उनलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । उनले सैनिक स्मारकमा पुष्पहारार्पण पनि गरेकी थिइन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा लगायत सरकारका मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि एवं अन्य उच्चपदस्थ विशिष्ट व्यक्तिको सहभागिता थियो ।

समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय झण्डा र ब्यानर प्रदर्शन तथा पुष्टवृष्टि गरियो । सेनाले महाशिवरात्रि बढाइँ तथा कवाज एवं हातहतियार तथा यन्त्र उपकरण प्रदर्शन गर्दै सातै प्रदेशका संस्कृति झल्कने नृत्य एवं झाँकीसमेत प्रदर्शन गर्यो ।

यस्तै आकर्षक सैनिक कला, खुकुरी ड्रिल र खोज उद्धार प्रदर्शनी पनि भएको थियो । सेनाले राष्ट्रिय गौरवका सडक निर्माण आयोजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण र विश्वशान्ति स्थापनामा सहभागिता लगायत विविध गतिविधि झल्कने झाँकी समेत प्रदर्शन गर्यो ।
यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा सेना दिवसयसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा सेना दिवसयसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा सेना दिवसयसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा सेना दिवसयसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा सेना दिवससेना दिवससेना दिवससेना दिवससेना दिवस सेना दिवस सेना दिवससेना दिवस सेना दिवस सेना दिवसयसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा सेना दिवस यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा सेना दिवस यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा सेना दिवस यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा सेना दिवस यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा सेना दिवस यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा सेना दिवस यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा सेना दिवस यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा सेना दिवस यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा सेना दिवस यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा सेना दिवस यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा सेना दिवस सेना दिवसमा महाशिवरात्रि बढाइँ र शिवताण्डव नृत्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !