७ बैशाख २०८१, शुक्रबार

प्रचण्डको बर्बादीको दिन सुरु : कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय


माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकार गठन, संसद सञ्चालन र संविधान कार्यान्वयनको समग्र प्रक्रियाबारे तत्काल वार्ता अगाडि बढाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक जारी रहेको छ । बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने बारे छलफल भएको छ । उनले संगठनात्मक काम र अहिलेको परिस्थितिबारे पार्टीलाई प्रशिक्षित गर्न २९ गते केन्द्रीय कमिटीको बैठक र १ गते कार्यकर्ता भेला गर्ने निर्णय भएको छ ।

सर्वोच्च अदालतले पूर्व एमाले र माओवादी केन्द्र मिलेर बनाएको नेकपालाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र पूर्व अवस्थामै फर्किएसँगै अलग-अलग गतिविधि हुन थालेका हुन् । नेकपा एमालेले आफ्नो पार्टी कार्यालयको बोर्ड परिवर्तन गरे पनि माओवादीको मुख्यालय पेरिसडाँडामा भने निर्वाचन आयोगको पत्र प्राप्त नगरेकोले अझै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै बोर्ड कायम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !