१२ बैशाख २०८१, बुधबार

ओली समूह नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शन (फोटो फिचर)


ओली समूहको नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शन

काठमाडौँ । ओली समूहको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा आज मध्याह्न काठमाडौँको नारायणहिटी सडकमा बृहत जनसभाको आयोजना गरेर शक्ति प्रदर्शन गरेको छ ।

ओली नेतृत्वको नेकपाले काठमाडौँको नारायणहिटी सडकमा आयोजना गरेको बृहत जनसभामा गरेको हो । काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको सो कमिटीले सभामा काठमाडौँका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराएको थियो ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धि मार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने सभाका सांस्कृतिक झाँकी, वेशभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति गराइएको थियो ।

सो जनसभामा बोल्दै प्रधानमन्त्री ओलीले ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने स्पष्टीकरण दिएका छन् । उनले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताए । त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको निष्ठामा प्रश्न नउठाउन आग्रह गरेका हुन् । प्रचण्ड-नेपाल समूहलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी दिदै उनले नेपालमा शान्तिको वातावरण बिथोल्न नदिने चेतावनी दिएका हुन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूला न्यायाधीश अरु नभएकाले ताजा जनादेशका लागि आगामी वैशाखमा निर्वाचनमा जान लागिएको बताएका छन् । उनले अहिलेको लडाइँ पद प्राप्तिका लागि नभएर मुलुकलाई स्थिरता दिनका लागि भएको स्पष्ट पारे ।

यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको चिडियाखानामा बन्द गरिने चेतावनी दिएका छन् । उनले मांसाहारी आन्दोलन नेपालको कानून र संविधानले अपराध घोषित गरेको उनले बताए । उनले अब तेस्रो जनआन्दोलन शुरु भएको पनि बताएका छन् ।
ओली समूह नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शन ओली समूह नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शन ओली समूह नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शनओली समूहको नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शनओली समूह नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शन ओली समूह नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शनओली समूहको नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शनओली समूह नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शन ओली समूह नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शन ओली समूह नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शनओली समूहको नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शनओली समूहको नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शनओली समूह नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शनओली समूहको नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शनओली समूह नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शनओली समूहको नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शनओली समूह नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शनओली समूह नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शनओली समूह नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शन ओली समूह नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शनओली समूहको नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शनओली समूहको नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शनओली समूहको नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शनओली समूहको नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शन ओली समूहको नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शन
तस्वीर : प्रधानमन्त्रीको सचिवालय तथा प्रदीपराज वन्त, विमलबहादुर विष्ट र चन्द्रकला क्षेत्री, रासस

यो पनि पढ्नुहोस्

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न सक्दैन : प्रधानमन्त्री ओली

नरभक्षी आन्दोलनका दिन गए, हिंसा कसैले मच्चाउन सक्दैन : प्रधानमन्त्री ओली

अहिलेको लडाइँ अराजकता र राजनीतिक अस्थिरताविरुद्ध हो : उपप्रधानमन्त्री पोखरेल

प्रचण्ड-नेपाल समूहलाई नरभक्षी आन्दोलन नगर्न ओलीको चेतावनी

अब तेस्रो जनआन्दोलन शुरु भयो : गृहमन्त्री थापा

मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको ‘जू’ मा बन्द गरिनेछ : गृहमन्त्री थापा

ओली समूहद्वारा नारायणहिटी सडकमा हुने बृहत जनसभाको तयारी (फोटो फिचर)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !