७ बैशाख २०८१, शुक्रबार

बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा : शाही ‘कु’ को जस्तै झझल्को (फोटो फिचर)

नेपाली सेनाका बख्तरबन्द गाडीले गरे चक्रपथ परिक्रमा


नेपाली सेनाका बख्तरबन्द गाडीले गरे चक्रपथ परिक्रमा

काठमाडौँ । नेपाली सेनाबाट बख्तरबन्द गाडी सोमबार राति चक्रपथ परिक्रमा गरेका छन् । हिजो राति १० बजे १० युद्ध कवज गण स्वयम्भूबाट नेपाली सेनाको हातहतियारसहित बख्तरबन्द गाडी सडकमा निस्किएर चक्रपथ चक्कर लगाएका हुन् ।

सुसज्जित बख्तरबन्द गाडीसहित सडकमा परेड निकालेकोलाई सेनाले मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास भनेको छ । प्रतिनिधिसभा विघटनसँगै नेपालको तनावपूर्ण राजनीतिक अवस्थाको समयमा सेनाले बख्तरबन्द गाडीको अभ्यास गर्नु अर्थपूर्ण मानिएपनि जंगी अड्डाले यसलाई नियमित अभ्यासको रूपमा लिएको बताएको छ ।

१६ वर्ष अघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाही ‘कु’ मार्फत शासन आफ्नो हातमा लिएको दिन अर्थात माघ १९ गतेकै मिति पारेर सेनाको बख्तरबन्द गाडी सडकमा निस्किएको थियो । जंगीअड्डाले यसअघि नै जानकारी दिएर बख्तरबन्द गाडी सडकमा निकालेको हो ।

दिउँसोको समयमा ट्राफिक जाम हुने भएपछि सेनाले आफ्ना बख्तबरन्द रातिको समयमा सडकमा निकालेको हो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले यसलाई नियमित अभ्यासको रुपमा मात्र हेरिदिन आग्रह गरेका छन् ।

सेनाका अनुसार राति बख्तरबन्द गाडीहरुले काठमाडौं चक्रपथको एक चक्कर लगाएको छ । यद्यपि कतिपयले यसलाई ‘माघ १९ कै छेको पारेर किन सडकमा बख्तरबन्द गाडीको परेड’ भनेर प्रश्न समेत उठाएका छन् । यसरी नेपाली सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्दा ज्ञानेन्द्र शाहले शाही ‘कु’ मार्फत शासन आफ्नो हातमा लिएको माघ १९ गतेको जस्तै झझल्को देखिन्थ्यो ।

नेपाली सेनाले भोलि बुधबार माघ २१ गते पनि ८ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट देशका बिभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास गर्ने योजना रहेको पनि सैनिक जनसम्पर्क निर्देशनलायले जनाएको छ । यसैक्रममा बुधबार काठमाडौंदेखि काभ्रेको पाँचखालसम्म बख्तरबन्द गाडीको अभ्यास हुनेछ ।
नेपाली सेनाका बख्तरबन्द गाडीले गरे चक्रपथ परिक्रमा नेपाली सेनाका बख्तरबन्द गाडीले गरे चक्रपथ परिक्रमा नेपाली सेनाका बख्तरबन्द गाडीले गरे चक्रपथ परिक्रमा

तस्बिर : रोशन सापकोटा, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !