पाँचथरको ऐतिहासिक हिलिहाङ दरबार क्षेत्रको भग्नावशेष (फोटो फिचर) Nepalpatra पाँचथरको ऐतिहासिक हिलिहाङ दरबार क्षेत्रको भग्नावशेष (फोटो फिचर)
१८ फाल्गुन २०७७, मंगलबार

पाँचथरको ऐतिहासिक हिलिहाङ दरबार क्षेत्रको भग्नावशेष (फोटो फिचर)


पाँचथरको ऐतिहासिक हिलिहाङ दरबार क्षेत्रको भग्नावशेष (फोटो फिचर)

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका-४ मा रहेको ऐतिहासिक हिलिहाङ दरबार क्षेत्र । यहाँ लगाइएको ढुङ्गाको पर्खाल करिब २७० वर्ष पुरानो रहेको स्थानीय जानकार बताउँछन् ।

तत्कालीन लिम्बुवानका अन्तिम राजा हिलिहाङले विसं १८४४ सम्म शासन गरेको दरबार क्षेत्र संरक्षण अभावमा भग्नावशेषमा परिणत भएको छ । यो स्थानमा पुरातत्व विभागले पुरातात्विक सम्पदाको रुपमा सूचिकृत गरेको छ ।

उक्त दरबारको भग्नावशेषमा रहेका सयौँ वर्ष पुरानो इँटा रहेका छन् । स्थानीय जानकारका अनुसार विसं १८०० को आसपासमा तिब्बतबाट यी इँटा ल्याई दरबार निर्माण गरिएको विश्वास गरिन्छ ।

पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको हिलिहाङ दरबार क्षेत्र जाने प्रवेशद्वार निर्माणका लागि दक्षिण कोरियामा सङ्कलित ३ लाख ५० हजार रकम निर्माण कार्यका अगुवा सूर्य योङहाङलाई प्रवेशद्वार निर्माणस्थलमै हस्तान्तरण गर्दै योङहाङ कुलबंश प्रतिष्ठान पाँचथरका अध्यक्ष टेकराज योङहाङ । प्रवेशद्वार निर्माणका लागि स्थानीयवासीको सक्रियतामा रु १९ लाख रकम सङ्कलन भएको छ ।
पाँचथरको ऐतिहासिक हिलिहाङ दरबार क्षेत्रको भग्नावशेष (फोटो फिचर)पाँचथरको ऐतिहासिक हिलिहाङ दरबार क्षेत्रको भग्नावशेष (फोटो फिचर) पाँचथरको ऐतिहासिक हिलिहाङ दरबार क्षेत्रको भग्नावशेष (फोटो फिचर) पाँचथरको ऐतिहासिक हिलिहाङ दरबार क्षेत्रको भग्नावशेष (फोटो फिचर) पाँचथरको ऐतिहासिक हिलिहाङ दरबार क्षेत्रको भग्नावशेष (फोटो फिचर) पाँचथरको ऐतिहासिक हिलिहाङ दरबार क्षेत्रको भग्नावशेष (फोटो फिचर) पाँचथरको ऐतिहासिक हिलिहाङ दरबार क्षेत्रको भग्नावशेष (फोटो फिचर)
तस्वीर : रवीन्द्र काफ्ले, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !