७ बैशाख २०८१, शुक्रबार

शीतल निवासमा यसरी गरियो नयाँ मन्त्रीको शपथग्रहण कार्यक्रम (फोटो फिचर)


शीतल निवासमा यसरी गरियो नयाँ मन्त्रीको शपथग्रहण कार्यक्रम

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ८ जना मन्त्रीलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएकी छिन् । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना लगायतको उपस्थिति रहेको थियो ।

थप भएका नयाँ मन्त्रीहरु सिँचाइ, ऊर्जा तथा जलस्रोत टोपबहादुर रायमाझी, शहरी विकास प्रभु साह, खानेपानी मणि थापा, वन तथा वातावरण प्रेम आले, सामान्य प्रशासन तथा सङ्घीय मामिला गणेशसिंह ठगुन्ना, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक जुलीकुमारी महतो, श्रम, रोजगार तथा सामाजिक सुरक्षा गौरीशङ्कर चौधरी र युवा तथा खेलकूद दाबा लामाले शपथ लिएका हुन् ।

यसैबीच नवनियुक्त उद्योग राज्यमन्त्री विमला विश्वकर्मालाई प्रधानमन्त्री ओलीले शपथ गराएका हुन् । प्रधानमन्त्रीले आज मौजुदा मन्त्रिपरिषद्मा नयाँ ९ सदस्य थप गर्नाका साथै केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका थिए ।
शीतल निवासमा यसरी गरियो नयाँ मन्त्रीको शपथग्रहण कार्यक्रमशीतल निवासमा यसरी गरियो नयाँ मन्त्रीको शपथग्रहण कार्यक्रमशीतल निवासमा यसरी गरियो नयाँ मन्त्रीको शपथग्रहण कार्यक्रमशीतल निवासमा यसरी गरियो नयाँ मन्त्रीको शपथग्रहण कार्यक्रम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !