१३ बैशाख २०८१, बिहिबार

शक्ति प्रदर्शन गरेर यसरी गरे रामचन्द्र पौडेलले बुल्दी खोलाको पुल उद्घाटन (फोटो फिचर)


शक्ति प्रदर्शन गरेर यसरी गरे रामचन्द्र पौडेलले बुल्दी खोलाको पुल उद्घाटन

तनहुँ । प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तत: आफ्ना समर्थकहरुको नारा जुलुससहितको शक्ति प्रदर्शन गरेर बुल्दी खोला पुल उद्घाटन गरेका छन् । हिजो तनहुँमा पुल उद्घाटनका लागि पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको थियो ।

उक्त पुल उद्घाटन गर्न नेपाली कांग्रेसले भव्य तयारी गरेको थियो । उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, शंकर भण्डारी, गोविन्द भट्टराई लगायत नेताहरू पनि सहभागी थिए । तर बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन ।

व्यास नगरपालिका-१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा सङ्घबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यहाँ निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई सुरक्षाको कारण देखाउदै प्रहरीले जिल्ला प्रहरी कार्यालय लगेको थियो ।

तनहुँको व्यास नगरपालिकाको वडा नं. १, ११ र १० जोड्ने बुल्दी खोला पुल उद्घाटनमा जाँदै गर्दा नेता पौडेललाई तनहुँ प्रहरीले पक्राउ गरेपछि पुल उद्घाटनको विषयलाई लिएर विवाद बढेपछि दमौली दिनभर तनावपूर्ण बनेको थियो ।

यो पुल उद्घाटन कांग्रेस नेताले गर्न नहुने भन्दै नेकपाले नेकपा नेताकै हातबाट उद्घाटन गर्नुपर्ने बताउँदै आएका थिए । यो पुल २०७३ सालमा निर्माण सुरू भएर २०७५ सालमा निर्माण सकिएपनि २ वर्षदेखि उद्घाटन हुन सकेको थिएन।
यसरी गरे रामचन्द्र पौडेलले बुल्दी खोलाको पुल उद्घाटनयसरी गरे रामचन्द्र पौडेलले बुल्दी खोलाको पुल उद्घाटनयसरी गरे रामचन्द्र पौडेलले बुल्दी खोलाको पुल उद्घाटनयसरी गरे रामचन्द्र पौडेलले बुल्दी खोलाको पुल उद्घाटन यसरी गरे रामचन्द्र पौडेलले बुल्दी खोलाको पुल उद्घाटनतस्वीर सौजन्य : रामचन्द्र पौडेलको फेसबुक पेजवाट

यो पनि पढ्नुहोस्

समर्थकहरुको नारा जुलुससहितको शक्ति प्रदर्शन गरेर पौडेलले गरे बुल्दी खोला पुल उद्घाटन

पौडेलका समर्थकहरु जुलुससहित बुल्दी खोला पुल उद्घाटन गर्न जाँदै, आज के होला ?

रामचन्द्र पौडेलले नै तनहुँको बुल्दीखोला पुल उद्घाटन गर्ने कांग्रेस भव्य तयारी, आज के होला ?

असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ : नेता पौडेल

७ दशकको अथक प्रयासबाट आएको गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा कहिले : नेता पौडेल

पुलिसको डण्डाबाट पेलिएका मेरा करङको दुखाइ हिजो भन्दा आज बढी बढ्यो : नेता पौडेल

नेता पौडेलले भने, ‘ओली सरकारले अधिनायकवादी चरित्र देखायो’

पौडेल ३ घण्टा प्रहरी हिरासतमा बसेपछि भए रिहा, आखिर किन पक्रियो प्रहरीले उनलाई ?

नेता पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप ओलीका लागि निकै महँगो पर्नेछ : नेता थापा

नेता पौडेलको पूर्व निर्धारित कार्यक्रम विथोल्न निषेधाज्ञा जारी गर्नु सत्ताको चरम दुरुपयोग : महामन्त्री कोइराला

किन र कसरी अचानक कांग्रेस नेता रामचन्द्र पौडेल पुगे प्रहरी हिरासतमा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !