१३ बैशाख २०८१, बिहिबार

सम्झनामा फुटबलका महान् खेलाडी म्याराडोना (फोटो फिचर)


डिएगो म्याराडोना

एजेन्सी । फुटबलका महान् खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं पूर्वम्यानेजर समेत रहेका म्याराडोनाको नोभेम्बरको शुरुमा मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो ।

उनी आफ्नो फुटबल खेलाडी जीवनभर सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिएका थिए । माराडोना कप्तान भएको बेला अर्जेन्टिनाले १९८६ मा वर्ल्ड कप जितेका थिए । जसले उनलाई उत्कृष्ट खेलाडीको रूपमा विश्वभर चिनाउन सहयोग गरेको थियो ।

सन् १९८६ को विश्व विजेता अर्जेन्टिना टोलीका कप्तान रहेका म्याराडोनाले सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । चारवटा विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।

म्याराडोना फुटबल इतिहासकै महानतम खेलाडीमध्ये एक मानिन्छन् । फिफाले सन् २००० मा शताब्दीकै उत्कृष्ट फुटबलरको चयनका लागि गरेको अनलाईन भोटिङमा उनले सर्वाधिक मत ल्याएका थिए । यो अवार्ड पेले र म्याराडोनालाई संयुक्त रुपमा प्रदान गरियो ।
डिएगो म्याराडोनाडिएगो म्याराडोना डिएगो म्याराडोनाडिएगो म्याराडोनाडिएगो म्याराडोना डिएगो म्याराडोना डिएगो म्याराडोना डिएगो म्याराडोनाडिएगो म्याराडोनाडिएगो म्याराडोना डिएगो म्याराडोना डिएगो म्याराडोनाडिएगो म्याराडोना डिएगो म्याराडोना डिएगो म्याराडोना डिएगो म्याराडोनाडिएगो म्याराडोना डिएगो म्याराडोना डिएगो म्याराडोना डिएगो म्याराडोना डिएगो म्याराडोनाडिएगो म्याराडोनाडिएगो म्याराडोनाडिएगो म्याराडोना डिएगो म्याराडोना डिएगो म्याराडोना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !