११ बैशाख २०८१, मंगलबार

यस्तो भयो यो वर्षको प्रधानमन्त्री ओलीको भाइटीका (फोटो फिचर)


प्रधानमन्त्री ओलीको भाइटीका फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनी काैशल्या कोइरालाबाट तिहारकाे भाइटीका लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजेर ३७ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनी काैशल्याको हातबाट भाइटीका लगाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छन् ।
 प्रधानमन्त्री ओलीको भाइटीकाटीका लगाइदिएपछि बहिनीहरुले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । साथै उनकी बहिनी काैशल्याले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिएकी छिन् । प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे ।
प्रधानमन्त्री ओलीले लगाए बहिनी काैशल्याबाट भाइटीकासाथै साे अवसरमा प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिएका थिए । काेराेना महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले एक मात्रै बहिनीले भाइटीकाकाे अवसरमा प्रधानमन्त्री ओलीलाई टीका लगाइदिएको थापाले बताए ।

तस्वीर सौजन्य : प्रधानमन्त्रीको सचिवालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !