११ बैशाख २०८१, मंगलबार

सपथ ग्रहणमा प्रफुल्ल मुद्रामा देखिएका बामदेव गौतम (फोटो फिचर)


सपथ ग्रहणमा प्रफुल्ल मुद्रामा देखिएका बामदेव गौतम (फोटो फिचर)

काठमाडौं, असोज १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएका छन् । गौतमलाई आज बिहिबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले सिंहदरवारमा सपथ गराएका हुन् । गौतमले जनताका नाममा सपथ लिएका हुन् ।

२०७४ सालमा भएको चुनावमा बर्दिया १ बाट गौतम नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए । सपथ ग्रहण कार्यक्रममा गौतम उत्साहित देखिएका थिए । चुनाव हारेर पनि राष्ट्रिय सभा सदस्यको मनोनयनमा परेका गौतम नेकपाका प्रभावशाली नेता मानिन्छन् ।

सपथ समारोहमा संक्षिप्त सम्बोधन गर्दै गौतमले अव आफ्नो कामकारवाही राष्ट्रिय सभामा केन्द्रित हुने बताएका छन् । यस्तै उनले राष्ट्रियसभाको प्रतिष्ठा र गरिमा नगिराउने गरी काम गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपति भण्डारीप्रति आभार व्यक्त गरेका छन् । उक्त कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, सुवास नेम्वाङ लगायतका नेता तथा सांसदहरु सहभागी भएका थिए ।

वामदेव गौतम

बामदेव गौतम सपथ

बामदेव गौतम सपथ

बामदेव गौतम सपथ

यो पनि पढ्नुहोस्

वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको शपथ

वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्‍को निर्णय

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने नेकपाको निर्णय

ओली वामदेवलाई तड्पाउदै : वामदेव ओलीको प्रतिक्षामा

बामदेव गौतम राष्ट्रियसभामा जान तयार : युवराज खतिवडाको पद डेन्जर जोनमा

क्याबिनेटमा वामदेव गौतम र युवराज खतिवडाको चर्चा परिचर्चा हुँदै

उपप्रधानमन्त्री पद ताकेका बामदेवलाई अर्को चटारो, उपप्रधानमन्त्री बन्ने सपना पुरा होला त ?

वामदेवलाई महाधिवेशनबाट अध्यक्ष बनाउने ओलीको अर्को उधारो प्रस्ताव !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !