, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका जम्बु बाढी पहिरो (फोटो फिचर)

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका जम्बु बाढी पहिरो (फोटो फिचर)

मेलम्ची, २५ असार । गएराति सिन्धुपाल्चोक जिल्ला अरनिको राजमार्ग अन्तर्गत जम्बु बजार क्षेत्रमा भिषण वर्षाको कारण आएको बाढी र पहिरोले ठुलाे जनधनको क्षति, १५ घर बगाएको र २ जनाको मृत्यु, १८ बेपत्ता भएका छन् ।

उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुग्न घुमाउरो बाटो भएर जानुपरेकाले विस्तृत विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताउनुभयो ।

बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा २ जनाको मृत्यु, १८ बेपत्ता

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका जम्बुका १५ घर बाढीले बगायो

तस्वीर : देवराज सुवेदी र बेद आचार्य