७ बैशाख २०८१, शुक्रबार

यी हुन् सरकारले आयातमा प्रतिबन्ध लगाएका १० सामग्रीहरु


निर्यातमा वृद्धि

काठमाडौं । सरकारको चालू खाता र शोधनान्तर स्थिति घाटामा गएपछि विदेशी मुद्रा सञ्चित गर्ने अभिप्रायले गरिएको आयात प्रतिबन्धलाई थप कडाइ गरेको छ ।

विलासिताका गाडीसहित १० वस्तुको आयात प्रतिबन्धलाई भदौ १४ सम्म थप गर्दै अझ कडाइ गरिएको हो । १५० सीसीभन्दा माथिका मोटरसाइकल र ३ सय डलरभन्दा माथिका मोबाइल फोन आयातमा सरकारले कडाइ गरेको छ । यसअघि २५० सीसीभन्दा माथिका मोटरसाइकल र ६ सय डलरमाथिका मोबाइल आयातमा मात्र प्रतिबन्ध थियो ।

विदेशीमुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत १३ वैशाखमा विभिन्न १० वस्तुको आयातमा बन्देज लगाउने निर्णय गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि बन्देज लगाइएका वस्तुमा झनै कडाइ गर्दै त्यसलाई आगामी १४ भदौसम्म निरन्तरता दिने निर्णय सरकारले गरेको हो ।

सरकारले आयात रोकेका १० सामग्री
१. कुरकुरे, लेज र यस्तै उत्पादन
२. सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक)
३. चुरोट तथा सूर्तिजन्य वस्तु (कच्चा पदार्थबाहेक)
४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)
५. ३ सय अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट
६. ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन
७. जिप, कार र भ्यान (एम्बुलेन्स र शववाहनबाहेक)
८. १ सय ५० सिसीभन्दा धेरै क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौना
१०. खेल्ने तास

यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !