११ बैशाख २०८१, मंगलबार

काठमाडौं उपत्यकाको फोहोर : उठाउने र रोकिने छैन ठेगान


फोहोरमैला

काठमाडौं । सरकारले स्थानीयसँगको सहमति कार्यान्वयन नगर्दा काठमाडौंमा हप्तौंसम्म फोहोर उठ्न सकेको छैन । स्थानीयले सरकारले सडक बाटो निर्माण नगरेको भन्दै पटकपटक फोहोरका गाडी रोक्दै आएका छन् ।

यसअघि फागुन लागेसँगै स्थानीयले बाटो अवरोध गरेर फोहोर बोकेका गाडी रोकपछि दुई साता काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको थिएन ।

पासाङ ल्हामु राजमार्गमा पर्ने तिनपिप्लेका स्थानीयले सडक पिच गर्नुपर्ने माग राखेकोमा तत्काल निर्माणको काम सुरु भएपछि फोहोरका गाडी आवतजावत गर्न पाएका थिए । पुनः सोही राजमार्गको अर्को खण्डमा सिसडोलकै विषयलाई लिएर अवरोध भएपछि फेरि काठमाडौंको फोहोर उठ्न सकेको छैन ।

रकारले सडक बाटो निर्माण तथा पिच गर्ने सहमति गर्ने तर समयमा नै काम सम्पन्न नगर्ने गर्दा काठमाडौंको फोहोर उठाउने विषयमा समस्या उत्पन्न हुँदै आएको पाइएको छ ।

सडक ठेक्का लागेको ९ वर्षसम्म पिच नभएपछि गत १ फागुनदेखि बालाजु–रानीपौवा खण्डका स्थानीयले झन्डै दुई हप्ता सडक रोकेर अवरोध सिर्जना गरे ।स्थानीयको अवरोधका कारण करिब १५ सय फोहोर बोक्ने ट्रक रोकिए भने काठमाडौं उपत्यका दुर्गन्धित बन्न पुग्यो । यो समाचार आजको राजधानी दैनिकमा छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !