१३ बैशाख २०८१, बिहिबार

जनताले सुन दिएर बनाएको मन्दिरमा पाटनबासीको विवाद


मन्दिर

‘गोल्डेन टेम्पल’ का नामले प्रसिद्ध हिरण्यवर्ण महाविहारको पुनर्निर्माणका लागि बाह्य सहयोग लिने कि नलिने भन्ने विषयमा पाटनवासीबीच विवाद सिर्जना भएको छ ।

झन्डै २ हजार वर्ष पुरानो हिरण्यवर्ण महाविहारको निर्माणमा स्वदेशी तथा विदेशी बौद्ध धर्मावलम्बीले ठूलो परिमाणमा सुन चन्दा दिएको इतिहास छ ।

२०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भएपछि रेक्टोफिटिङका लागि बाह्य सहयोग लिने कि नलिने भन्ने विषयमा पाठनवासीबीच विवाद सिर्जना भएको हो ।

महाविहारको शाक्यमुनि बुद्धको मन्दिर परिसरको पाँचवटै देव–घर प्रबलीकरण प्रविधिको प्रयोग गरी मजबुत बनाउन लागिएको हिरण्यवर्ण महाविहार सुधार समितिले जनाएको छ ।

ऐतिहासिक दृष्टिले मात्र नभई मूर्त, अर्मूत संस्कृति, संस्कार, परम्परा एवं धार्मिक आस्थाका दृष्टिले पनि सो महाविहार विशिष्ट महत्वको रहेकाले नेपालीकै सहयोगमा पुनर्निर्माण हुनुपर्ने धारणा एकथरिको छ ।

तर, छिमेकी भारतले यसको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएकाले यो सहयोग लिनुपर्ने अर्काथरीको भनाइ छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !