७ बैशाख २०८१, शुक्रबार

कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन


शिक्षक

काठमाडौं । आगामी शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ४, ७ र ९ को अनिवार्य अंग्रेजी, नेपाली, गणित र सामाजिक अध्ययन र स्वास्थ्य तथा शारीरिक शिक्षाको पुस्तक तयार गरेको छ । केन्द्रले त्यसका लागि सातै प्रदेशका ७६ विद्यालयमा परीक्षण शुरु गरेको छ ।

केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले सातै प्रदेशका छनोटमा परेका विद्यालयमा परीक्षण शुरु गरिएको जानकारी दिनुभयो । केन्द्रले एक सातादेखि छनोटमा परेका विद्यालयमा पुस्तक पु¥याउने काम शुरु गरेको छ ।

तीनैवटै कक्षाको पुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ गरिएको हो । जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले कक्षा ९ बाहेक कक्षा ४ र ७ को सबै छपाइसकिएको र कक्षा ४ र ७ को पुस्तक तोकिएका प्रदेशका जिल्लास्थित विद्यालयमा पठाइरहेको जानकारी दिए । उनका अनुसार कक्षा ९ को कभर राख्न बाँकी छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !