८ बैशाख २०८१, शनिबार

कोमामा रहेको एमाले एकताका लागि गठन गरिएको कार्यदल ब्युँतियो


एमाले कार्यदल बैठक फाइल फोटो

काठमाडौँ । नेकपा एमाले एकताका लागि गठन गरिएको कार्यदल डेढ महिनासम्म कोमामा रहेर ब्युँतिएको छ । यससँगै सोमबार नै कार्यदलको बैठक बसेको छ । छलफल सकारात्मक भएको वार्तामा सहभागी नेताले बताएका छन् ।

कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

बैठकमा विगतमा भएका कामकारबाहीको समीक्षा गरिएको थियो । बैठकपछि माधवकुमार नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले मंगलबार पार्टी मिलाउन घनीभूत ढंगले लागिपर्ने बताए ।

संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले लामो समयपछि बसेको कार्यदलको औपचारिक बैठकले सकारात्मक दिशातर्फ उन्मुख भएको सन्देश दिने बताए । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !