६ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न ५ पूर्वप्रधानमन्त्रीको चेतावनी


प्रधानमन्त्री ओलीले बालुवाटारमा बालबालिकाहरुसँग गरेको अन्तर्क्रिया

काठमाडौं। पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् ।

ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको भन्दै उनीहरूले फिर्ता लिन आग्रहसमेत गरेका छन् ।

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ‘सरकारले अलोकतान्त्रिक कदम चालेको’प्रति आलोचना गरेका छन् ।

नेपालमा संवैधानिक व्यवस्था, कानुनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमलाविरुद्ध ऐक्यबद्धता जनाउन नेपाली जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिसँग विज्ञप्तिमा अपिल गरिएको छ ।

विज्ञप्तिमा ‘काम चलाउ सरकारले घाटा बजेट पूर्ति गर्ने निहुँमा देशका विभिन्न भागबाट ढुंगा, बालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय गरेको’ भन्दै आपत्ति जनाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !