७ बैशाख २०८१, शुक्रबार

ओलीको प्रस्तावमा ‘इमानदारिता नदेखिएको’ आरोप


माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पूर्वमहासचिव माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा ‘ इमानदारिता नदेखिएको’ आरोप लगाएको छ । आइतबार ६ बुँदे प्रस्तावसहित पार्टी एकताका लागि ओलीले आह्वान गरेपछि सोमबार बसेको नेपाल समूह स्थायी कमिटी बैठकले सर्तसहितको प्रस्ताव स्वीकार नहुने अडान राखेको छ ।

एमाले स्थायी कमिटी सदस्य एवं नेपाल समूह नेता डा. बेदुराम भुषालले अध्यक्ष ओलीबाट पार्टी एकताका लागि इमानदारितापूर्वक प्रस्ताव नआएको बताए । सो प्रस्तावमा छलफल गर्न बसेको स्थायी कमिटी बैठकले ‘सर्त स्वीकार गरेर पार्टी एकता गर्न नसकिने निष्कर्ष निकालेको’ जानकारी उनले दिए । ‘अध्यक्ष केपी ओलीको पार्टी एकताका लागि भनेर ६ बुँदे आएको प्रस्ताव चालबाजी मात्रै हो भन्ने साझा निष्कर्षमा पुगेका छौं, सर्त मानेर एकता सम्भव छैन,’ डा. भुसालले भने, ‘लोकतान्त्रिक प्रणाली व्यवस्था, संविधान जोगाउन गरिएको हस्ताक्षर फिर्ता हुँदैन । यो समाचार आजको राजधानी दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !