७ बैशाख २०८१, शुक्रबार

मेलम्ची आयोजना आफ्नो पालामा सम्पन्न भएको देखाउन हतारमा उद्घाटन गर्दा समस्या


मेलम्चीको पानी फाइल फोटो

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी दिन सुरु गरेको छोटो समयमै सुरुङ परीक्षणको बहानामा करिब तीन महिना वितरण रोक्ने भएको छ । यसबाट आयोजनाको सम्पूर्ण काम नसकिँदै सरकारले हतारमा आयोजना उद्घाटन गरेको बुझ्न सकिन्छ । संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आयोजना हतारमा उद्घाटन र शिलान्यास गरेको भनी आरोप लाग्दै आएको छ ।

सरकारले काम गरेको देखाउने, निर्वाचन भए सोझासाझाबाट मत तान्ने र इतिहासमा आफ्नो नाम राख्ने इच्छाका कारण उनले जथाभाबी तरिकाले आयोजनाको शिलान्यास र उद्घाटन गरेको भनेर चर्चा हुने गरेको छ । मेलम्चीको पछिल्लो परिस्थितिले ओली सरकारले आयोजनाका सम्पूर्ण काम पूरा नहुँदै परीक्षणका रूपमा पानी वितरण गरेको अवसर छोपेर उद्घाटन गरेको संकेत गर्छ ।

आयोजनाका एक उच्च अधिकारीका अनुसार सम्पूर्ण निर्माण कार्य र परीक्षणका काम सकेर नियमित रूपमा पानी वितरण सुरु गरेपछि मात्र आयोजनाको उद्घाटन हुनुपर्ने हो । तर काठमाडौं उपत्यकामा परीक्षणका रूपमा पानी झर्नेबित्तिकै सरकार उद्घाटनमा आतुर देखियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !